काठमाडौँ – म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा एनआरएन कोरिया , एनआरएन हंगकंग , काठमाडौँ म्याग्दी ईन्भेष्टमेन्ट कम्पनि , ग्लोबल फ्रेन्डशिप क्यापिटल कम्पनि सहित चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । परियोजनाको अध्यक्ष एनआरएन एसिया प्रशान्त उपसंयोजक बिनोद कुवर हुन् ।
फाल्गुण २ गते लगानी सम्झौतामा आयोजनाका तर्फबाट विनोद कुँवर र सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरेका छन् । कुल लगानि ५ अर्ब १४ करोड रहने परियोजनामा बाँकी स्वपुँजि रहनेछ भने निर्माण अवधिमा नै स्वपुँजिको ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरिने कम्पनीले जनाएको छ ।
सो आयोजनामा सानिमा बैंकले रु ७५ करोड, प्रभु बैंकले रु ७५ करोड, सेञ्चुरी बैंकले रु ५० करोड, कुमारी बैंकले रु ६० करोड लगानी गर्ने भएका छन् । यस्तै महालक्ष्मी विकास बैंकले रु २५ करोड र मुक्तिनाथ विकास बैकले रु २५ करोड लगानी गर्ने भएका छन् ।
सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दि खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामि ३ बर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे कुवरले जानकारी दिए ।
पानीको वहाभ ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ । दरबाङको डुकुगाउँमा रहेको खोलाको पानीलाई ५ कि.मि. सुरुङ्ग निर्माण गरि २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ ।
पावर हाउस र ईन्टेक सम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत १४ किलोमिटर लामो १३२ के.भि. ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।
स्थानिय दरवाङ्ग क्षेत्रका साथै म्याग्दी जिल्ला हुदै समग्र राष्ट्र विकासमा योगदान दिंदै समयमा परियोजना सम्पन्न गरी लगानिकर्ताहरुलाई उचित प्रतिफल दिने कम्पनीको लक्ष्य लिएको पनि कम्पनीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस