काठमाडौं – १३ सय ८० मा पुगेर फर्केको नेप्से आगामी दिनमा सयदेखि डेढ सय अंकसम्म पुग्ने अनुमान लगानीकर्ताहरुमा देखिएको छ । ‘नयाँ सरकार गठनपछि बजार डेढ सय अंकसम्म वृद्धि हुने अपेक्षा लगानीकर्तामा छ, यही मनोविज्ञानको प्रभाव हो,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल भन्छन् ।
कतिपय कम्पनीको मूल्य वर्षदिनयताकै न्यून विन्दुतिर आइरहेकाले पनि बजार बढ्न थालेको विश्लेषण गरिएको छ । ‘कतिपय लघुवित्त र जीवन बीमा कम्पनीको मूल्य नजानिँदोसँग उच्च दरले घटेको थियो, अहिले तिनमा आकर्षण बढेको छ,’ सेयर लगानीकर्ता तथा विश्लेषक प्रकाश तिवारी भन्छन् ।
नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भने बजारप्रति नयाँ बनेको सरकारको आधिकारिक धारणा आउनुपर्ने तथा सरकारले पुँजी बजार विकासका लागि सहजीकरण गर्नुपर्ने बताउँछन । यस्तो हुन नसकेमा बढ्दो बजारको लाभ ठूलाले मात्र लिन पाउने अर्यालको भनाइ छ ।
चुनौती कायमै
बजारको चुनौती कायमै रहेको सरोकारवालाहरु बताउँछन् । उनीहरुका अनुसार बजारको आधारभूत अवस्थामा सुधार भएको छैन |बैंकहरुमा कर्जायोग्य पुँजी अभाव कायमै छ । सोही कारण बैंकहरुले सामान्य बचतमा दिने व्याजदरसमेत नौ प्रतिशत पुर्याइसकेका छन् ।
यस्तै, राम्रा कम्पनीहरुको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएकाले पनि बजारमा ठूलो वृद्धिको अपेक्षा कमजोर रहेको विश्लेषक तिवारी बताउँछन् ।
‘आधारभूत पक्षमा सुधार भएको छैन । राम्रा संस्थाहरुको प्रतिसेयर आम्दानी घट्दो छ भने सेयर आपूर्ति बढ्दो छ,’ तिवारी भन्छन् । सेयर आपूर्ति बढ्ने क्रम कायम रहेको तथा राष्ट्र बैंकले हालै ओभर ड्राफ्ट कर्जामा सीमा तोकेकाले पनि बजारमा प्रभाव देखिएको उनको विश्लेषण छ ।
साताका गतिविधि
सातामा नेप्से परिसूचक भने ४२ अंकले वृद्धि भयो । अन्तिम कारोबार भएको बिहीबार मात्रै ३६ अंकले नेप्से बढ्यो । नयाँ सरकार गठनको खबरसँगै बजारमा तरंग देखिएको हो । र, अहिले परिसूचक १४ सय २४ विन्दुमा आइपुगेको छ ।
अन्तिम दिनबाहेक अन्य दिन कारोबार रकम घटिरहेकाले सातागत कारोबार रकममा सुधार हुन सकेन । एक दिन सार्वजनिक बिदा परेको कारणले पनि कारोबार रकममा सुधार हुन नसकेको हो । उक्त रकम शून्य दशमलव ६२ प्रतिशतले घट्यो । गत साता एक अर्ब ५४ करोडको सेयर कारोबार भयो ।
प्रभु बैंकको कारोबार सातामा उच्चले बढ्यो, जसको ६ करोड ७१ लाखको सेयर किनबेच भयो । प्रभु बैंकले हकप्रद जारी गरिरहेको भए पनि दोस्रो बजारमा पनि कारोबारमा आकर्षण बढेको देखियो ।
१३ फागुनसम्म खुला रहेको उक्त बैंकको हकप्रद बिक्रीपछि पुँजी आठ अर्ब रुपैयाँ पुग्नेछ । यस साता करिब ६९ लाख नयाँ सेयर बजारमा थपिएका छन् ।
प्राविधिक विश्लेषण
नेप्से परिसूचकका आधारमा निकालिएको पिभट विश्लेषणले नेप्सेले आगामी महिनाभित्रमा १४ सय ३९ को पहिलो लक्ष्य -प्रतिरोध) पाउने संकेत गरिरहेको छ । नेप्सेको आरएसआई विश्लेषणले बजार सन्तुलनमा आएको देखाउँछ ।
आरएसआई स्केलको ५९ दशमलव ८३ अंकमा आइपुगेको छ, नेप्से । सातदिने र २१ दिने सिम्पल मुभिङ एभरेज रेखा एकअर्कासँग अझै केही दूरीमा छन् । नेप्सेको रेखाचित्रले डब्लु आकृती निर्माण गरेको छ । यसबाट बजार थप बढ्ने संकेत मिल्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस