काठमाडौं – सिद्धार्थ बैंक (SBL) ले आगामी चैत ४ गते १६ औ बार्षिक साधारण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर वितरण गर्न साधारण सभा आह्वान गरेको हो ।
१६ औ बार्षिक साधारण सभाका लागि बैंकले फागुन २० गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार फागुन १९ गते कायम रहेका सेयरधनी बोनस पाउन योग्य हुनेछन् । प्रस्तावित बोनस सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकबाट माघ २३ गते स्वीकृत भैसकेको छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँ रहेको छ । १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ ।
बैकले ६ अर्ब ८२ करोड रूपैयाँ चुक्त्ता पूँजीको १० प्रतिशत हकप्रद विक्री गरिरहेको छ । हकप्रदपछि बैंकको चुक्त्ता पूँजी राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब नाघ्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस