काठमाण्डौ – प्रभू बैंक लिमीटेडले हकप्रद सेयरका लागि आवेदन दिने समय पूर्व निर्धारित भन्दा १० दिन थपेको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक सेयरधनीले आगामी फागुन २३ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिनसक्ने जनाएको छ ।
बैंकले माघ ७ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो ।
यसअघि इच्छुक सेयरधनीले फागुन १३ गतेभित्रमा तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो, यसमा १० दिन समय थपिएको हो ।
प्रभू बैंकको २०७४ पुस ९ गते सम्पन्न १०४ औं बोर्ड बैठकले हकप्रदका लागि पुस २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ पुस २० गतेसम्म प्रभू बैंकको सेयर खरीद गर्नेहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
प्रभूू बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गरिरहेको छ । हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर ८ अर्ब २३ करोड पुुग्नेछ ।
हकप्रद सेयरको दरखास्त फारम पाइने तथा बुुझाउने स्थानको रुपमा सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालय, प्रभूू बैंकका सबै कार्यालय, आश्वा सदस्य बैंक तथा तिनका शाखा रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस