काठमाण्डौ – आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले फागुन १५ गते(आज)देखि आइपीओ निश्कासन गरेको छ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।
आइपीओका लागि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा २९ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ ।
एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । तर, धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको बाँडफाँडमा प्रति आवेदक १० कित्ता अनिवार्य गरेपछि हौसिएर धेरै आवेदन गर्नु आवश्यक छैन ।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ | हाल कम्पनीको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस