काठमाडौं-लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकमसमेत घटेको छ । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद बिक्री भए ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उप–समूहको शेयर घटेको छ । विकास बैंक १ दशमलव ५१, वित्त शून्य दशमलव ०४ र सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६ दशमलव ९२, होटल १४ दशमलव ६८, जलविद्युत् १३ दशमलव ३३, जीवन बीमा ८५ दशमलव २७, उत्पादन २९ दशमलव १, अन्य ७ दशमलव ९६, लघुवित्त १५ दशमलव ०५ र जीवन बीमा ७३ दशमलव ८८ अङ्कले घटेको छ ।
स्टकका अनुसार आज कारोवारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड १० लाख एक हजार ३७५ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड ३२ लाख ७७ हजार, चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड २८ लाख ६३ हजार, सिभिल बैंकको संस्थापक शेयर रु दुई करोड २३ लाख ८५ हजार, नेपाल बैंक रु दुई करोड २३ लाख ३७ हजार र नेपाल इन्भेस्टमेण्ट बैंकको संस्थापक शेयर रु एक करोड ९७ लाख १० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
घटेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९३ प्रतिशतले कमाए । त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ८२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ८ दशमलव ५९, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव ९८, मितेरी डेभलपमेण्ट बैंक २ दशमलव ७८ र सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १ दशमलव ९७ प्रतिशतले कमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस