काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई खेलौना नबनाउन आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १०औं वार्षिकोत्सव तथा साधारणसभामा मन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् ।
उनले सरकार सुदृढ पूँजीबजार विकासको पक्षमा रहेको जानकारी गराउँदै यही समयमा बजारलाई खेलौना बनाउनु तर्कसँगत नहुने बताए ।
‘यो सरकार बजारप्रतिको विस्वास बढाउन चाहन्छ, तर केही साथीहरुले सेयर बजारलाई खेलौना बनाउने काम गरिरहनु भएको छ,’ उनले भने, ‘ यदि त्यसो गर्नु भएको हो भने आजैबाट बन्द गर्नुहोस, आगोसँग खेल्दा आफै जलिन्छ भन्ने हेक्का तपाईहरुले राख्न आवश्यक छ ।’
सेयर बजार घटेको समयमा लगानीकर्ता मात्रै हैन सरकार पनि निकै चिन्तित भएको भन्दै सरकारका विषयमा विभिन्न समयमा फैलायका हल्लाको पनि आफू जानकार रहेको पनि तर्क गरे ।
उनले पूँजीगत लाभकरको देखिएको विवाद केही समयमा नै निष्कर्शमा पुग्ने समेत जानकारी गराए । त्यो भन्दा पहिले पूँजीबजार निकाय निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) जवाफदेही हुनुपर्ने बताए ।
उनीहरु जिम्मेवार हुनुपर्ने निकाय समयमा नै जिम्मेवार नहुँदा अर्थमन्त्रालय नै नियमक निकाय हो कि जस्तो देखिएको बताए ।
आगामी दिनमा नियामक निकायले नियामकको काम गरेको खण्डमा त्यो दिन नआउने र आउन पनि दिन नहुने दाबी गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस