धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ ।
नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर रु ३१ करोड १४ लाख ८८ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७.९३, उत्पादन ५२.९२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेका छन् ।
यस्तै बैंकिङ १२.८१, विकास बैंक ३.८४, जलविद्युत् ५.१८, वित्त ९.६८, निर्जीवन बीमा ४९.१२, अन्य ९.१२, लघुवित्त ११.२९ र जीवन बीमा १६.६१ विन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड एक लाख २५ हजार कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्टको रु चार करोड ३० लाख तीन हजार ५१७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु तीन करोड ३१ लाख ८७ हजार ९९६, मेगा बैंक रु एक करोड ३४ लाख ९७ हजार २७३, नेपाल दूरसञ्चार कम्पनी रु एक करोड २९ लाख ५० हजार ८०५, हिमालयन डिस्ट्रिलरी रु एक करोड ६ लाख ८७ हजार ७२० र सिद्धार्थ बैंक रु ९५ लाख २७ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोबारका आधारमा सिनर्जी पावरका लगानीकर्ताले ६.८५, युनियन फाइनान्स ६.५९, रिलायन्स फाइनान्स ६.३६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाए । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ९.०९, शिवम् सिमेन्ट ५.४५, ओरियन्टल होटल ३.११, मल्टीपर्पोज फाइनान्स कम्पनी ३, साञ्जेन जलविद्युत् कम्पनी २.८७, र तिनाउ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले २.५८ विन्दुले गुमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस