काठमाडौ सेयर बजारमा अहिलेसम्मकै ठूलो सार्वजनिक निष्कासन(आइपिओ) जारी हुने भएको छ । बुधबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालय मातहतको विद्युत् विकास विभागले सर्वेक्षणको अनुमति दिएको माथिल्लो अरुण जलविद्युत आयोजनाले ४९ प्रतिशत सेयर आम जनतामा सेयर बिक्री गर्ने भएको हो ।
आयोजनाको हालको अनुमानित लागत अनुसार करिब १८ अर्ब रुपैयाँको सेयर सर्वसाधारणको लागि जारी हुने छ । आयोजनाको लागत बढेमा आइपिओ रकम समेत बढ्ने छ ।
नेपालको सेयर बजारमा माथिल्लो अरुणले निष्कासन गर्ने सेयर अहिलेसम्मकै ठूलो हुने छ । अहिले पाइपलाइनमा रहेका कम्पनीहरुको पनि आइपिओ सो रकमको भने छैन ।
कूल १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनालाई सरकारले नेपालको पानी जनताको लगानी कार्यक्रममा समावेश गरेको छ ।
सरकारले कूल २१ आयोजनालाई नेपालको पानी जनताको लगानीमा समावेश गरेको छ । ती आयोजना मध्ये माथिल्लो अरुण पनि एक हो । सो आयोजनाका लागि सर्वसाधारणबाट सेयर उठाउने तयारी छ । प्रतिमेगावाट लागत ११ करोड रुपैयाँ रहेको सो आयोजना थोरै आकर्षक आयोजना मध्येको एक हो ।
जनताको लगानी कार्यक्रममा समावेश भएको सो आयोजनाको स्वपूँजी मध्ये ४९ प्रतिशत लगानी जनताको सेयर मार्फत गरिनेछ । मन्त्रालयले आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएसँगै आयोजना निर्माणको बाटो खुलेको हो ।
सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरिएको छ । सरकारले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्न सहमति दिइसकेको छ ।
आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ । कूल ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लिने तयारीमा छ । स्वपूँजी मध्ये ४९ प्रतिशत सर्वसाधारण र बाँकी ५१ प्रतिशतमा पनि नेपाल विद्युत् प्राधिरकणलगायतको लगानी रहनेछ । यस्तै आयोजनाका लागि विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको रकम समेत परिचालन गर्ने योजना छ ।
सो आयोजनाको हाल विस्तृत अध्ययन भइरहेको छ । आयोजनाको कूल लागत १ खर्ब २० अर्ब हाराहारीमा हुने बताइएको छ । आयोजनाको निर्माण २०८३ को पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस