काठमाडौँ– साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ विन्दुले घटेर २४९.१३ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने घटेको छ । व्यापार २७.०९ र अन्य २.५१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.४७, होटल ५१.६९, विकास बैंक १.२१, जलविद्युत् १७.३६, वित्त ५.७८, निर्जीवन बीमा २६.६४, उत्पादन १०३.५३, लघुवित्त ३.७५, जीवन बीमा १३.१५ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ ।
कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड चार लाख ३४ हजार ४३८ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै एनआइसी एशिया बैंक रु तीन करोड ९३ लाख ६२ हजार १५३, एनएमबी बैंक रु तीन करोड २३ लाख ५२ हजार ४३७, नेपाल बैंक लिमिटेड रु तीन करोड १४ लाख ९५ हजार ८३, हिमालयन डिस्टिलरी रु एक करोड २० लाख १९ हजार ८९६ र प्राइम बैंकको रु एक करोड १२ लाख ५० हजार ६९९ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.८७, पाँचथर पावर कम्पनी ९.८०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.३१, गणपति माइक्रोफाइनान्स ६.२५ र आँखु खोला जलविद्यु्त् कम्पनीका लगानीकर्ताले ५.५६ प्रतिशतले कमाएका छन् । त्यस्तै शिवम् सिमेन्ट ९.९७, ओरियन्टल होटल ६.३६, गुडविल फाइनान्स ५.७५, खानीखोला जलविद्युत् कम्पनी ५.६०, युनिभर्सल पावर ५.१२, गुरास लघुवित्त वित्तीय संस्था ४.७६ प्रतिशतले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस