काठमाडौँ-धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः ओरालो लागेको छ । बुधबार उकालो लागेको बजारले पुनः आज ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६७ विन्दुले घटेर एक हजार ११२.७९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ विन्दुले घटेर २४६.६५ मा पुगेको छ ।
नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कूल १६६ कम्पनीको १२ लाख ७१ हजार ६ कित्ता शेयर रु २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये जीवन बीमाको मात्रै शेयर मूल्य बढ्दा अन्य ११ उपसमूहको शेयर भने आरोलो लाग्यो ।
जीवन बीमा १८.१२ विन्दुले बढेको छ । यस्तै बैङ्किङ ४.२४, व्यापार २०.०९, होटल ८.६६, विकास बैंक ७.७२, जलविद्युत् ५.७६, वित्त २.१२, निर्जीवन बीमा २८.५८, उत्पादन २६.८६, अन्य २.६१, लघुवित्त ३.२३ र सामूहिक लगानी कोष ०.१४ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार आज कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ३५ लाख ७५ हजार ६३ बराबरको शेयर कारोबार भयो । एनएमबी बैंक रु तीन करोड ५९ लाख ७६ हजार ७०३, नबिल बैंक रु एक करोड १३ लाख ७८ हजार १११, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख २० हजार ५४२ र सानिमा बैंक रु ९८ लाख २८ हजार ३२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज माउण्टेन हाइड्रो ५.२६, पाँचथर पावर ५.०५, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.१४, एक्सेल डेभलपमेन्ट बैंक ३.९३ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६८ प्रतिशतले कमाए । यस्तै, साल्ट टेड्रिङ कर्पोरेशन ५.९३, ग्लोबल आइएमई समुन्नत स्किम एक ५.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.२४, अरुण भ्याली हाइड्रोपावर ४.०८, नविल इक्विटी फण्डका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस