काठमाडौँ– साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मात्रै ०.०७ विन्दुले बढेर एक हजार ११२.८५ विन्दुमा सीमित भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.५० विन्दुले घटेर २४६.१५ विन्दुमा पुगेको छ ।
नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भयो ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.४१, जलविद्युत् १.९९, वित्त २.९४, उत्पादन २.८७, अन्य ४.१५ र जीवन बीमा १२९.३६ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२९, व्यापार १२.९३, विकास बैंक ८.९२, निर्जीवन बीमा १९.३९, लघुवित्त ६.८३ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा आज नबिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको शेयर रु एक करोड ७५ लाख ८१ हजार ९८४ मा कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु एक करोड ७३ लाख २५ हजार ७४९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४२ लाख ८७ हजार २५०, एनआइसी एशिया बैंक रु एक करोड २३ लाख ९७ हजार २९८, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु ९५ लाख २८ हजार ८६७ र छिमेकी लघुवित्त विकास बैंकको रु ८५ लाख ३६ हजार ८५४ को कारोवार भई शीर्षस्थानमा रह्यो ।
नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.७३, पोखरा फाइनान्स ४.४४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.३९, लाइफ इन्स्योरेन्स कम्पनी २.५९ र कालिका पावर कम्पनीका शेयरधनीले २.५३ प्रतिशतले कमाए । त्यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.२८, साल्ट टे«डिङ कर्पोरेशन ३.९१, पाँचथर पावर ३.८४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.७३ र ङादी पावरका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाए ।
तीन अर्बको टे«जरी बिल बिक्री हुँदै
नेपाल राष्ट्र बैंकले सोमबार रु तीन अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकले ९१ दिने अवधिको उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन २० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही मङ्सिर ९ गते पनि त्यस्तै ट्रजरी बिल बिक्री गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस