काठमाडौँ– धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ ।
नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भयो ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर बढेको छ । अन्य ०.७४ विन्दुले घटेको छ भने सामूहिक लगानी कोष तटस्थ देखिएको छ । बैंकिङ ७.९१, व्यापार १६.६३, होटल १३.०६, विकास बैंक २८.१५, जलविद्युत् १६.८, वित्त ७, निर्जीवन बीमा १५६.३४, उत्पादन २९.७३, लघुवित्त ५०.४३ र जीवन बीमा ६०.९८ विन्दुले बढेको छ ।
कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २८ लाख ७० हजार ८९४ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । एनएमबी बैंक रु एक करोड ८६ लाख ५७ हजार ७००, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ७० लाख ४६ हजार ८९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु एक करोड ६६ लाख ८९ हजार ३०२, हिमालयन डिस्टिलरी रु एक करोड २२ लाख ३७ हजार १३५ र प्रभु बैंक रु एक करोड १७ लाख ५४ हजार ९२७ को कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.८०, मिथिला लघुवित्त वित्तीय संस्था ९.५२, आँधीखोला लघुवित्त वित्तीय संस्था ८.७१ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.६५ प्रतिशतले कमाए । त्यस्तै, नबिल इक्विटी फण्ड ५.७४, सिभिल बैंक २.१२, एनआइसी एशिया ब्यालेन्स फण्ड १.९१, ग्लोबल आइएमई समुन्नत स्किम एक १.९१, सिद्धार्थ इक्विटी फण्ड १.८९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.७३ प्रतिशतले गुमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस