काठमाडौँ– धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ ।
स्टकका अनुसार आज कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर रु ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये उत्पादन उपसमूहको शेयरमात्र ओरालो लागेको छ ।
सो उपसमूहको शेयर ३०.३२ अङ्कले घटेको छ । बैंकिङ ४.२७, व्यापार २९.५६, होटल २२.७९, विकास बैंक १६.८, हाइड्रोपावर ६.२, फाइनान्स ६.२४, निर्जीवन बीमा ११३.१३, अन्य ५.१४, माइक्रोफाइनान्स ५७.०८, जीवन बीमा ७९.२८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।
स्टकका अनुसार कारोवार रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंक लिमिडेटको संस्थापक शेयर शीर्षस्थानमा रह्यो । सो बैंकको शेयर रु छ करोड ४१ लाख ६१ हजार ६४८ मा खरिदबिक्री भयो ।
यस्तै नेपाल बैंक लिमिटेडको रु तीन करोड ६ लाख ९४ हजार २४८, लुम्बिनी विकास बैंकको रु दुई करोड ८७ लाख चार हजार २४०, एनएमबी बैंक लिमिटेडको रु दुई करोड ७२ लाख ३६ हजार ६४० र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड दुई लाख ५० हजार ८९६ मा खरिदबिक्री भयो । नेप्से दोहोरो अङ्कले बढे पनि युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा बढी गुमाए । सो कम्पनीका लगानीकर्ताले ३.९५ प्रतिशतले गुमाए ।
यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेड ३.८९, नेपाल बैङ्गलादेश बैंक लिमिटेड (संस्थापक) ३.३८, सिटिजन म्युचुअल फन्ड–१ का शेयरधनीले १.८३ र माछापुछ्रे बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए ।
आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाए । सो संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाउँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ९.९५, युनाइटेड इन्सुरेन्स कम्पनी नेपाल र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.८७, नयाँ नेपाल लघु वित्त विकास बैंक ९.८६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ८.०७ प्रतिशतले कमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस