काठमाण्डौ-पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ। परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने ९० करोडमा समेटिएको छ। स्टकका अनुसार आज कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा खरीदबिक्री भएको छ।
कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ। होटल ३.५४ अङ्कले घट्दा उत्पादन १६.०६ र अन्य उपसमूहको शेयर ०.८४ अङ्कले गिरावट भएको छ। बैंकिङ २७.१६, व्यापार ६३.४७, विकास बैंक ३५.४२, जलविद्युत् ४.२९, फाइनान्स २०.१२, निर्जीवन जीवन बीमा २३.६३, माइक्रोफाइनान्स २७.२, जीवन बीमा ८१.०७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेका छन्।
आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोवार भएको छ। सो बैंकको शेयर रु. सात करोड ४० लाख ७४ हजार ७७० मा खरीद बिक्री भयो। यस्तै एनएमबी बैंकको रु. तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु. दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु. दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको शेयर रु दुई करोड १७ लाख ७४ हजार १५७ मा खरीद बिक्री भएको छ।
आज सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले ९.९८ प्रतिशतले कमाए। यस्तै रिलायन्स फाइनान्स ९.९२, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.८८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रु ९.८५, पाँचथर पावर कम्पान्ट लिमिटेड ९.७६ तथा पञ्चकन्या माइ हाइड्रोपावर र मञ्जुश्री फाइनान्स लिमिटेडको लगानीकर्ताले सामान ९.४७ प्रतिशतले कमाए।
स्टकका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले सबैभन्दा बढी ७.२७ प्रतिशतले गुमाए। यस्तै सेन्ट्रल फाइनान्स कम्पनी २.७५, शिवम् सिमेन्टस् लिमिटेड २.६५, सानिमा बैंक (ऋणपत्र) २, दिव्यश्वरी हाइड्रोपावर १.८८ र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले १.७८ प्रतिशतले गुमाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस