काठमाडौं-नेप्से परिसुचक आज झण्डै २१ अंकले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज परिसुचक २० दशमलव ७९ अंकले घटेर १२ सय ७६ दशमलव ६८ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज कारोबार हुने सबै समूहको सुचक घटेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको परिसुचक १ सय ५१ दशमलव ७४ अंकले घटेको छ ।
दिनभरको कारोबारमा आज ९६ करोड ५० लाख रुपैयाँ बराबरका २६ लाख ६० हजार कित्ता शेयर किनबेच भएका छन् । डिप्रोक लघुवित्त वित्तिय संस्था लिमिटेडको आज सबैभन्दा धेरै ८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएका् छ ।
यस्तै नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ४५ लाख रुपैयाँ र ग्लोबल आर्ईएमई बैंक लिमिटेडको ६ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार घटेपनि जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले ३ दशमलव १७ प्रतिशत कमाएका छन् ।
जानकी फाईनान्स लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ८ प्रतिशत गुमाएका छन् । आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सुचक तालिका राताम्मे देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस