काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।
नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।
नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोवार भयो । यस्तै प्राइम लाइफ रु सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड ९३ लाख २४ हजार ९४३, एशियन लाइफ रु छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ रु छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक रु पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ रु पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस