काठमाण्डौ-धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो। कूल १७७ कम्पनीका १ करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर रु.७ अर्ब ३९ करोड १७ लाख दुई हजार ५१० मूल्यमा खरिद बिक्री भए। बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ। साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो।
उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुग्यो। नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु. २ अर्ब माथि नाघ्यो। कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु.७ अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद बिक्री भए।
सोमबार नेप्से परिसूचक वृद्धि भयो। त्यसदिन नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुग्यो। परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको थियो। कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद-बिक्री भए।
मङ्गलबार नेप्से परिसूचक १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झर्यो। नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ। कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु.१ अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए।
बुधबार नेप्सेमा सामान्य वृद्धि भयो। नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ। परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको छ। आज कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिद बिक्री भयो।
यस्तै बिहीबार भने शेयर बजार पुनःओरालो लाग्यो। नेप्से ८.६७ विन्दुले घटेर एक हजार ३३३.६९ मा झर्यो। कूल १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता शेयर रु एक अर्ब चार करोड ९३ लाख ४५ हजार ४३६ मूल्यमा खरिद बिक्री भए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस