काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुन : ओरालो लाग्ने क्रम शुरु भएको छ । सोही क्रममा आज नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अङ्कले घटेर २८१.०४ मा पुगेको छ ।
नेप्से ओरोलो लाग्दा कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १७.४८ ले बढ्दा बैंकिङ १२.३९, व्यापार ५.६४, होटल ५४.३२, विकास बैंक १९.१४, जलविद्युत् ८.३४, वित्त ५.५१, निर्जीवन बीमा १३१.५१, अन्य ४.०५, लघुवित्त २०.६९, जीवन बीमा ७५.८६ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ९२ लाख ५५ हजार ७६७ मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । यस्तै ग्लोबल आइएमइ बैंक रु तीन करोड ५३ लाख ५७ हजार ९२७, एनआइसी एशिया रु तीन करोड ४६ लाख २३ हजार ५३३, नागरिक लगानी कोष रु तीन करोड १६ लाख ३० हजार २५१, नेपाल इन्भेस्टमेन्ट बैंक रु दुई करोड ७१ लाख १० हजार ८२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.८८, कञ्चन डेभलपमेन्ट बैंक ३.२८, छ्याङदी हाइड्रोपावर २.१३, सिभिल लघुवित्त वित्तीय संस्था २.०४, शिवम् सिमेन्ट १.९५ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १.८५ प्रतिशतले कमाएक छन् । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६६, नेपाल फाइनान्स ५.६३, सेन्ट्रल फाइनान्स ५.२९, ओरियन्टल होटल ४.८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ४.२२ प्रतिशतले गुमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस