काठमाण्डौ-धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा पुगेको छ।
नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए।
कारोवार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.९८, विकास बैंक ८.३८ र जलविद्युत् ६.९९ बिन्दुले घटे। यस्तै व्यापार १३.४५, होटल ३.८७, वित्त ३.८२, निर्जीवन बीमा ८०.९७, उतपादन २४.४१, अन्य १०.१९, लघुवित्त ५५.६३, जीवन बीमा ५८.६३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ।
कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु नौ करोड ९७ लाख ४६ हजार ६७१ मूल्य बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु नौ करोड ८४ लाख ४५ हजार ८०, एनआइसि एशिया बैंक रु छ करोड २४ लाख ५३ हजार ८५०, स्वरोजगार लघुवित्त विकास बैंक रु पाँच करोड छ लाख ६५ हजार ४३३, एनएमबी बैंक रु चार करोड ३७ लाख १६ हजार ७००, लुम्बिनी जनरल इन्स्योरेन्स रु तीन करोड ६२ लाख ६४ हजार ३२१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५५ लाख ६७ हजार ७३३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
यस्तै आज सेन्ट्रल फाइनान्स ९.९३, गुराँस लघुवित्त वित्तीय संस्था ९.८७, स्पर्श लघुवित्त वित्तीय संस्था ९.१४, स्वदेशी लघुवित्त वित्तीय संस्था ८.९२, कालिका पावर कम्पनी ८.०८ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.४६ प्रतिशतले कमाए। त्यस्तै, यूनाइटेड मोदी ३.५३, ज्योति विकास बैंक ३.०७, बरुण हाइड्रोपावर ३.०३, नेपाल फाइनान्स २.९६, जानकी फाइनान्स २.७३ र हिमालयन ऊर्जा विकास कम्पनी २.७२ प्रतिशतले गुमाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस