काठमाण्डौ-धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो। नेपाल स्टक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ। नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो। यस्तै सेन्सेटिभ परिसूचक ४.५० अङ्कले वृद्धि भई ३००.४४ मा पुगेको छ।
नेप्से उच्च अङ्कले वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ। कूल १८० कम्पनीका रु ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु. २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९०८ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोवार भएका कूल १२ मध्ये दुई उपमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर बढेको छ।
व्यापार ९.८५ र सामूहिक लगानी कोष ०.०४ ले घट्दा बैंकिङ ७.९, होटल ४९.२७, विकास बैंक १०.०४, जलविद्युत् १३.९२, वित्त ६.४२, निर्जीवन बीमा ३७४.०१, उत्पादन ९७.२६, अन्य ९.०३, लघुवित्त १५९.३२ र जीवन बीमा ३८५.३९ अङ्कले वृद्धि भएको छ। नेप्सेका अनुसार कारोवारका आधारमा आज शिवम् सिमेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ। सो कम्पनीको रु. १७ करोड दुई लाख १३ हजार ९५ मा कारोवार भयो।
त्यस्तै हिमालयन डिस्ट्रिलरीको रु. १२ करोड २२ लाख ६७ हजार ८६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु, १२ करोड १५ लाख १ हजार ७९८, गरिमा विकास लघुवित्तको रु. ११ करोड १ लाख २६ हजार ५२४, शिखर इन्स्योरेन्सको रु १० करोड ६३ लाख ९१ हजार ७५२ र नेको इस्योरेन्स कम्पनीको रु. ८ करोड ३० लाख ५ हजार ९८५ को कारोवार भयो।
नेप्सेका अनुसार बोटलर्स नेपाल तराई ९.९९, फस्ट माइक्रोफाइनान्स ९.९८, एनएमबी माइक्रोफाइनान्स ९.९८, कालिका माइक्रोक्रेडिट ९.९५, मेरो माइक्रोफाइनान्स ९.९४, स्वाभिमान लघुवित्त ९.९३ र आरएसडिसी लघुवित्तका शेयरधनीले ९.९० प्रतिशतले कमाए। यस्तै राधी विद्युत् कम्पनी ४.३९, समृद्धि फाइनान्स ३.७०, नबिल इक्विटी फण्ड २.८१, सपोर्ट माइक्रोफाइनान्स २.६७, साल्टट्रेडिङ कर्पोरेशन १.८९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १.८८ प्रतिशतले गुमाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस