काठमाडौं-शेयर बजारमा सोमबार २ पटक सर्किट ब्रेक लागेको छ। बजार ६ प्रतिशतले घटेपछि २ पटक सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ। बजार खुुलेदेखि नै ओरालो लागेको शेयर बजारमा दुई पटकसम्म नकारात्मक सर्किट ब्रेक लागेपछि साढे १ बजे नै कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
केहीदिनदेखि उल्लेख्य सुधार भैरहेको शेयर बजार सोमबार भने ६ दशमलव ०४ प्रतिशतले ओरालो लागेको हो। बजार ५ प्रतिशतले घटेपछि दिउँसो १२ बजेर ४६ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेक लागेको थियो । झण्डै ४० मिनेट बन्द भएर कारोबार सुरु भएको बजारमा फेरी घटेपछी दिउँसो १ बजेर २९ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको हो।
आज नेप्से परिसुचक ९६ दशमलव ०६ अंकले घटेर १४ सय ९५ दशमलव ३० अंकमा झरेको छ। नेप्से परिसुचक हिजो पनि झण्डै ४१ अंकले घटेको थियो। आज सबै समूहका उप-सुचक घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६ सय ९० दशमलव ३० र निर्जीवन बीमा समूहको उपसुचक ५ सय २४ दशमलव ७३ अंकले घटेको नेपाल स्कट एक्सचेञ्जले जनाएको छ।
आज रु २ अर्ब १५ करोड ४४ लाख रुपैयाको शेयर कारोबार भएको छ। यो आइतबारभन्दा झण्डै ३ अर्ब कम हो। नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै १५ करोड ६८ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ। प्रभु ईन्स्योरेन्स कम्पनी लिमिटेड लगायत १६ कम्पनीका शेयर लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरै गुमाएको दिन एनआईसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताले भने झण्डै २ प्रतिशत कमाएका छन्। यस्तै, खानीखोला हाइड्रोपावर र श्री इन्भेष्टमेण्ट फाइनान्सका लगानीकर्ताले पनि सामान्य कमाएपनि बाँकी सवै कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस