काठमाण्डौ-धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि ५.५० विन्दुले घटेर एक हजार ४३५.७० मा पुगेको हो। यस्तै सेन्सेटिभ परिसूचक १.१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ।
नेप्से ओरोलो लागेपनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको छ। कूल १७९ कम्पनीको रु. ५९ लाख ४० हजार ५३३ कित्ता शेयर रु. २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरीद बिक्री भए।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ। विकास बैंक २१.२७, वित्त ७.८१, अन्य दुई, लघुवित्त ४८.०३, जीवन बीमा ७७.८५ ले वृद्धि भएको छ । यस्तै बैंकिङ १४.२४, व्यापार १७.७२, होटल २५.९८, जलविद्युत् ९.३१, निर्जीवन बीमा २५.६२, उत्पादन ३८.९५ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ।
कारोवारका आधारमा आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ। सो कम्पनीको रु. ३७ करोड ८७ लाख १९ हजार ८६६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो। यस्तै एनएमबी बैंक रु १२ करोड ६५ लाख ९२ हजार २२, एनआइसी एशिया बैंक रु. ९ करोड ६८ लाख ६ हजार, मञ्जुश्री फाइनान्स रु. ८ करोड ४२ लाख ३९ हजार ४३९, नबिल बैंक रु. ६ करोड ५८ लाख ५३ हजार २९७ र हिमालयन डिस्टिलरीको रु. ६ करोड ४४ लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे।
कारोवारका आधारमा आज मञ्जुश्री फाइनान्स १०, राधी विद्युत् कम्पनी ९.०४, बोटलर्स नेपाल तराई, ८.२१, जनउत्थान सामुदायिक लघुवित्त ७.०२, गणपति माइक्रोफाइनान्स ६.१६ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.०१ प्रतिशतले कमाए। यसैगरी नेपाल हाइड्रो ९.६९, हिमाल दोलखा हाइड्रोपावर ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ६.६७, यूनियन हाइड्रो ६.०६ र ओरियन्टल होटलका शेयरधनीले ४.६० प्रतिशतले गुमाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस