काठमाण्डौ – संसारभरका शेअर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब साता देखिएको छ ।कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको शेअर बजार ओरालो लागेको बेला लन्डनको फुट्सी १०० इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ।
एशियाली शेअर बजारमा झन् ठूलो असर परेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा ठूलो गिरावट भएको दिन देखेको छ।
“बजार आवश्यकताभन्दा बढी आशावादी भएको थियो, अहिले आवश्यकताभन्दा बढी निराशावादी भएको छ,” आईएनजीका ग्रेटर चाइना अर्थविद् आइरिस पाङले भने।
स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कका रणनीतिकार मयङ्क मिश्रले थपे: “पहिले चीनमा लगाइएका प्रतिबन्धहरूका कारण बजारमा एक खालको सहजता देखिएको थियो। “तर चीनबाहिर विशेषगरी दक्षिण कोरिया, इटली र जापानमा कोरोनाभाइरस फैलिएपछि चिन्ता बढेको छ।”
शुक्रवार बिहान शेअर बजार खुल्दा सबै युरोपेली शेअर बजारहरू ओरालो लागेका छन्। जर्मनीको शेअर बजार ३।६ प्रतिशतले र फ्रान्सको शेअर बजार ३।१ प्रतिशतले घटेर खुलेका थिए।
यसअघि एशियामा जापानको शेअर बजार ३।७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको छ। अस्ट्रेलियाको शेअर बजार ३।३ प्रतिशतले घट्यो जुन सन् २००८ यताको सबैभन्दा ठूलो गिरावट हो ।
भारतका निफ्टी ५० र सेन्सेक्स शेअर बजार दुवै लगभग तीन प्रतिशतले घटेको छ। चीनको साङ्घाई कम्पोजिट इन्डेक्स शुक्रवार ३।७ प्रतिशतले घटेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस