काठमाडौं-शेयर बजारमा मंगलबार दुई पट नकारात्मक सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । दिउँसो १२ बजेर ३२ मिनेटमा नेप्से परिसुचक ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि रोकिएको थियो ।
१ बजेर ११ मिनेटमा फेरी सुरु भएको कारोबार २ मिनेटमै १ बजेर १३ मिनेटमा परिसुचक ६ प्रतिशत घटेपछि मंगलबारका लागि सबै कारोबार स्थगित गरिएको हो । पहिलो सर्किट ब्रेक लागेको समय १२ बजेर ३२ मिनेटसम्ममा नेप्से परिसुचक ७२ दशमलव ०३ अंकले घटेर १३ सय ६३ दशमलव ६६ अंकमा झरेको थियो ।
त्यसपछि १ बजेर १३ मिनेटसम्ममा नेप्से परिसुचक ८६ दशमलव ३९ अंक अर्थात ६ दशमलव ०२ प्रतिशतले घटेको छ ।
आज सबै समूहको उप–सुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उप–सुचक ७६२ दशमलव ९२ अंकले घटेको छ ।
आज दिनभर १ अर्ब ७ करोड रुपैयाँ बराबरका २७ लाख ३५ हजार कित्ता शेयर किनबच भएका छन् ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै ८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
निको ईन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका शेयर लगानीकर्ताले आज १० प्रतिशत गुमाएका छन् ।
बजार घटेको दिन पनि मंगलबार एनआईबीएल समृद्धि फण्डका शेयर लगानीकर्ताले झण्डै ४ प्रतिशत कमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस