काठमाडौँ- धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन खुलेको केही समयभित्रै शेयर बजार सञ्चालनमा आउने जानकारी दिए । उनले लकडाउन अन्त्य भएको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली लागू गरिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि नेप्से र बोर्ड नै लागिपरेको बताएका छन् ।
नेपालमा लागू गरिएको अनलाइन कारोवार प्रणाली पूर्ण नभइ आधामात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको उनको भनाइ छ ।
वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोवार गर्ने पक्षमा लागेको र त्यसको अवधारणका बारेमा छलफल जारी रहेको उहनको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि यही वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा स्टक रहेको बताएका छन् । लकडाउनको अवधिमा पनि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिँदै उनले बजार खोल्नुपर्ने पक्षमा आफूहरु क्रियाशील रहेको उल्लेख गरे ।
उनले बजारमा उल्लेख्य कारोवार भएको दिन ४५ प्रतिशतभन्दा बढी कारोवार अनलाइनमार्फत भएको जानकारी गराउँदै विद्यमान प्रणालीमा थप सुधार गरेर जाने धारणा राखेका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले कारोवारको समय र सर्किट ब्रेकरको सीमा घटाएर कारोवार अघि बढाउन सुझाव दिए । लामो समय बजार बन्द हँुदा नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने भएकाले आवश्यक ध्यान दिन उनले आग्रह गरे ।
स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा जोड दिए । नेपालको शेयर बजारका जानकार डा गोपाल भट्टले आवश्यक योजनासहित बजार खोल्नुपर्नेमा जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस