काठमाण्डौ – साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको हो। आज आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ को उचाईमा पुगेको हो ।
नेप्सेमा सूचीकृत कम्पनीको चौथो त्रैमासको वित्तीय प्रतिवेदन आउन थाले पछि लगानीकर्ताको मनोबल बढेको जानकारहरु बताउछन ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये एउटामा बाहेक अरु सबैमा हरियाली छाएको छ । होटेल्स् समूहमा २७.४७ अंकको गिरावट आयो । नेप्सेमा सूचीकृतमध्ये १८७ कम्पनीका ३२ लाख १२ हजार ३७९ कित्ता सेयर ९७ करोड ७८ लाख ९५ हजार ५२४ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन अजोड इन्स्योरेन्सले सर्वाधिक ९ करोड २१ लाख रुपैयाँबराबरको कारोबार गर्यो ।यसैगरी नेपाल पुनर्बीमा कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले ७ करोड २३ लाख रुपैयाँ, नबिल बैंकले ४ करोड ७२ रुपैयाँ, एनआईसी एसिया लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ, एनएमबी बैंकले ३ करोड २० लाख रुपैयाँ, नबिल बैंकले २ करोड ९७ लाख रुपैयाँ, ग्रामीण लघुवित्तको संस्थापक सेयरले २ करोड ९० लाख रुपैयाँ, एनआईसी एसिया बैंकले २ करोड ६८ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले २ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार गरेका थिए।
आज दुई कम्पनीका सेयरधनीहरुले उच्च कमाए । अजोड इन्स्योरेन्स र साधना लघुवित्तका सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो भने गणपति माइक्रोफाइनान्स र आरम्भ चौतारी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै कम्पनीका सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस