काठमाण्डौ – नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँमा खुम्चिएको छ। यो साता कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४.४७ अंकको गिरावटका १५३६.०३ अंकमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५९ अंकको गिरावटका साथ ३०४.६५ को विन्दुमासीमित बनेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ४५ कम्पनीका सेयरमूल्य उकाला लाग्यो भने ११५ कम्पनीका सेयरमूल्य गिरावटको सामना गर्नुपर्यो। ९ कम्पनीका सेयरमूल्य भने स्थिर रहेको थियो। नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी १७.३३ अंकको उछाल आयो। होटेल्स् समूहमा ९.२४ अंकको बढोत्तरी भएको यो दिन म्युचुअल फन्ड समूहमा ०.०४ अंकले वृद्धि भयो।
आज विकास बैंक समूहमा सबैभन्दा बढी १४.५५ अंकको गिरावट आयो। व्यापार समूहमा १३.७५ अंकले घटेको यो दिन बैंकिङ समूहमा ३ अंक, जलविद्युत् समूहमा ८.१६ अंक, वित्त समूहमा २.५ अंक, निर्जीवन बीमा समूहमा ३.२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२.४६ अंक, अन्य समूहमा ७.३९ अंक र लघुवित्त समूहमा ३.९९ अंकको गिरावट आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस