काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ प्रतिशत बढेर बन्द भएको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक उच्च दरले बढेसँगै नेप्से पनि बढ्न पुगेको हो।
बिहीबार नेप्से परिसूचक ३०.७८ अंक बढेर १५७२.१८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०२ अंक अर्थात २.३ प्रतिशत बढेर ३१२.५० विन्दुमा पुगेको छ। यस दिन १९१ कम्पनीको ४७ हजार ८९५ पटकको कारोबारमा ३ अर्ब ३६ करोड १९ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंक लिमिटेड अगाडि रहेका छन्। नेपाल पुनर्बीमा कम्पनीको यस दिन १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल बैंकको १२ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज ३० वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, हिमाल दोलखा हाइड्रोपावर र तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
यसैगरी कालिका पावर, अरुण भ्याली जलविद्युत, श्री इन्भेस्टमेन्ट, गुहेश्वरी मर्चेन्ट, वरुण हाइड्रोपावर, रिलायन्स फाइनान्स, समृद्धि फाइनान्स, सेन्जेन लघुवित्त, ओरेन्टेल होटेल्स, छ्याङ्दी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, दिव्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, जोशी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, सिनर्जी पावर, युनियन हाइड्रोपावर, राधी विद्युत, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, अपी पावर, खानीखोला हाइड्रोपावर, राइराङ हाइड्रोपावर, नेपाल हाइड्रो, पञ्चकन्या माई हाइड्रो र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि १० प्रतिशत हाराहारीमा वृद्धि भएको छ।
आज एनआरएन लघुवित्तको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस