काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ ।
कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ९५ लाख ४४ हजार १८३ बराबरको कारोवार भएको छ । नेपाल बैंक लिमिटेड रु १९ करोड ११ लाख ११ हजार १८६, नेपाल पुनरबीमा कम्पनी रु १२ करोड ४४ लाख ७६ हजार ८२३, एनएमबी बैंक रु सात करोड ४२ लाख २४९, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड आठ लाख ५३ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड २३ लाख ६७ हजार ७८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
यूनाइटेड फाइनान्स ६.८२, बरुण हाइड्रोपावर ४.६५, पञ्चकन्या माई हाइड्रोपार ३.६७ र तारागाँउ रिजेन्सी होटल ३.२९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २.१३ प्रतिशतले कमाएका छन् । त्यस्तै, लिवर्टी इनर्जी ९.८८, घलेम्दी हाइड्रो ९.४७, यूनाइटेड मोदी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर ८.०५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ७.९५ प्रशितले गुमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस