काठमाण्डौ – युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजबाट निष्कासन तथा बिक्री खुला गरिएको छ।यसअघि कम्पनीले आईपीओ निष्कासन कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको थियो।
कम्पनीले गत २०७६ चैत १० गते आयोजना प्रभावितका लागि आईपीओ जारी गर्ने जनाएको थियो। आईपीओमा आईपीओ निष्कासन छिटोमा चैत २४ गते र ढिलामा २०७७ वैशाख ९ गते बन्द हुने भएको थियो। तर कोरोनाभाइरसको सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने घोषणा भएकोले आईपीओ निष्कासन स्थागित गरेको थियो।
कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । स्थानीयका लागि निकाल्न लागिएको यो आईपीओको निष्कासन छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस