काठमाडौं- मेगा बैंक नेपालले नबिकेको हकप्रद शेयर आजदेखि लिलामीमा विक्री गर्ने भएको छ ।
बैंकले ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता संस्थापक शेयर र ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
लिलामी शेयरमा लिन चाहनेले असोज १८ गतेसम्म आवेदन गर्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीद गर्न चाहेमा भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्ने बैंकले जानकारी गराएको छ ।
शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम एक सय कित्ता र अधिकतममा १ लाख कित्तासम्म दरखास्त दिन पाउनेछन् ।
विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । साथै आवेदकले मेगा बैंक नेपालका उपत्यका बाहिर र भित्रका शाखा कार्यालयहरुमा गएर आवेदन फारम बुझाउन सक्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस