काठमाडौँ-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।
कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ६ लाख ५८ हजार ११७ बराबरको कारोबार भयो ।
यस्तै अपि पावर कम्पनी रु १० करोड दुई लाख ५३ हजार ६६५, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड ६९ लाख ४१ हजार ४७६, सानीमा माई हाइड्रोपावर रु सात करोड ६४ लाख ६५ हजार ८२९, अरुण काबेली पावर रु सात करोड ४२ लाख ५० हजार ४२, हिमाल दोलखा हाइड्रोपावर रु सात करोड आठ लाख ६५ हजार ४२४ र कामना सेवा विकास बैंकको रु छ करोड ७४ लाख ४१ हजार ३८७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आइसिएफसी फाइनान्स ९.८२, रिडी हाइड्रोपावर ८.४२, जानकी फाइनान्स ६.५१ , श्री इन्भेस्टमेन्ट कम्पनी ६.०६, रिलायन्स फाइनान्स ५.९५ र सबैको लघुवित्तका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए ।
त्यस्तै, अपि पावर कम्पनी ७.१४, खानीखोला हाइड्रोपावर ६.६७, दिव्यश्वरी हाइड्रोपावर ६.११, पञ्चकन्या माई हाइड्रो ६.१०, नेपाल फाइनान्स छ र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतले गुमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस