काठमाडौँ- लगातार दोहोरो अङ्कको वृद्धि तथा कारोवार रकममा समेत नयाँनयाँ कीर्तिमान कायम गरेको शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले मात्रै उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३५ बिन्दुले उकालो लागेर दुई हजार बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने आज १.७७ बिन्दुले ओरालो लागेर ३८३.७९ मा पुगेको छ । नेप्सेमा झिनो अङ्कको सुधार भए पनि कारोवार रकम भने पनि रु सात अर्ब बराबरको नै भएको छ । कूल १९७ कम्पनीको एक करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर रु सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात मा कारोवार भयो ।
स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४, वित्त ७.४३, निर्जीवन बीमा ३४ र सामूहिक लगानी कोष ०.१८ बिन्दुले ओरालो लागे ।
यस्तै, जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, लघुवित्त १.४३ र जीवन बीमा २१६.८३ बिन्दुले उकालो लागे । स्टकका अनुसार आज कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ७९ लाख ८८ हजार १०२ बराबरको कारोवार भयो ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु ४४ करोड ३६ लाख ५० हजार ३९९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ३३ करोड ९० लाख ३५ हजार १६८, नेपाल बङ्गलादेश बैंक रु २५ करोड २६ लाख २४ हजार ५९६, प्रभु बैंक रु २० करोड ८५ लाख ६० हजार ५३, शिवम् सिमेन्ट रु २० करोड ३७ लाख २२ हजार ९८२ र नबिल बैंक रु २० करोड ११ लाख ९४ हजार ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज पुनरबीमा कम्पनी ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, माथिल्लो तामाकोशी ९.८५, नेपाल दूरसञ्चार कम्पनी ९.७१, साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७.७३, नेपाल बङ्गलादेश बैंक ५.६८, बोटलर्स नेपाल तराई ५.३२, मल्टीपर्पोज फाइनान्स ५.११ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ४.५० प्रतिशतले गुमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस