काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ ।
स्टकका अनुसार नेप्सेमा ५६.७२ अङ्कले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.०४ ले वृद्धि भई ३८८.१६ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर रु सात अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूह २१.१५ ले ओरालो लाग्दा बैंकिङ २२.१, व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२, वित्त ३.३४, निर्जीवन बीमा ३७.१४, उत्पादन १०६.०५, अन्य ६३.३९, लघुवित्त १३६.२१, जीवन बीमा १ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ ।
कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ३९ लाख ९९ हजार ६६८ बराबरको कारोवार भयो । यस्तै पुनरबीमा कम्पनी रु ४६ करोड १५ लाख ३३ हजार ८०४, नेशनल लाइफ इन्स्योरेन्स रु ४२ करोड एक लाख ४३८, नबिल बैंक रु ३२ करोड ७९ लाख ६ हजार ८५९, शिखर इन्स्योरेन्स रु २४ करोड ८० लाख ९० हजार ९३२, एनआइसी एशिया बैंक रु २२ करोड ३५ लाख चार हजार ५२५, शिवम् सिमेन्ट रु १९ करोड ४५ लाख ४५ हजार ७७५, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ८५ लाख १५ हजार १९४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
प्राइम लाइफ इन्स्योरेन्स १०, ग्लोबल आइएमई लघुवित्त ९.९९, नारायणी डेभपलमेन्ट बैंक ९.९८, नेपाल लाइफ इन्स्योरेन्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, माहुली सामुदायिक लघुवित्त ९.९६, नेशनल माइक्रोफाइनान्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, नेशनल माइक्रोफाइनान्स ९.९६, माहुली सामुदायिक लघुवित्त ९.९६ र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए ।
यसैगरी, लिवर्टी इनर्जी ५.७९, यूनिलिभर नेपाल ४.९५, माउण्टेन हाइड्रो ३.८३, कृषि विकास बैंक ३.०८, रिडी हाइड्रोपावर २.५०, हिमालयन ऊर्जा विकास कम्पनी २.३७, रसुवागढी हाइड्रोपावर २.३३, हिमाल दोलखा हाइड्रोपावर कम्पनी २.१६ प्रतिशतले गुमाएका छन् ।
–––
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस