काठमाडौँ – पछिल्ला दिनमा साधारण शेयरमा आवेदन दिने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । लगातार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा शेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरको आवेदन दिने आज अन्तिम दिन साँझसम्म कूल १५ लाख २६ हजार बराबरको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्याङ्कन भने गर्न बाँकी रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल रु सात अर्ब ५८ करोडको साधारण शेयरमा झण्डै रु १८ अर्ब नौ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिन सक्ने बताइएको छ ।
सो बैंकको साधारण शेयरमा १५ लाख २६ हजार ५२७ वटा आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार १८ करोड नौ लाख ८५ हजार ८०० कित्ताको लागि माग आएको छ । कम्पनीले सर्वसाधारणतर्फ सात करोड ५८ लाख ४० हजार कित्ता शेयर बिक्री गरेको हो । यस्तै एक लाख ६० हजार कित्ता कर्मचारीको लागि र ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।
साधारण शेयर यही माघ २ गतेदेखि आजसम्म बिक्री गरिएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सो बैंकको अहिले साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु २० अर्ब पुग्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस