काठमाडौं – आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुने भएको छ।
आज बिहान सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले ११ बजे भर्चुअल माध्यमबाट गर्नेछ।
यो कम्पनीको आईपीओ गत वैशाख १७ गतेदेखि २१ गतेसम्म बिक्री गरिएको थियो । कम्पनीले कुल १०० रुपैयाँ अंकित दरका कुल २५ लाख २८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।
यो आईपीओमा कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा १०.५२ गुणा बढी हो। कुल परेको आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ आवेदकबाट परेको २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता प्रमाणीकरण भएको छ । तीमध्ये ४ हजार ४४२ आवेदकबाट माग भएको ६१ हजार ३७२ कित्ता अयोग्य भएको क्यापिटलले जनाएको छ ।
त्यस्तै ४८ हजार ३२२ आवेदकबाट परेको १६ लाख ३७ हजार ६५९ प्रमाणीकरण हुन नसकेको क्यापिटलले जनाएको छ। जसमध्ये २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकीको हात खाली हुने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस