काठमाडाैं- आइतबार, साताको पहिलो दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६३.११ अंकले घटेको हो । आइतबार बजार बन्द हुँदा नेप्से २९०५.३२ विन्दुमा रोकिएको छ ।
बोर्डले सेयर मूल्यमा चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि लगातार बढिरहेको नेप्से धितोपत्र उच्च अंकले घट्दै आएको छ । आज पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।
नेप्सेमा आज ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज कूल २३१ वटा कम्पनीका दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर एक लाख २८ हजार २८१ पटक खरिद-बिक्री भएका थिए ।
आज गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ५.४१ प्रतिशतका दरले कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.८१ प्रतिशतका दरले गुमाएका छन् ।
आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै ८० करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.५७ अंकले घटेर ५२८.५५ विन्दुमा कायम भएको छ । साथै, सबै समूहका परिसूचक घटेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस