काठमाडौँ- आइतबारबाट सुधाराेन्मुख बनेको सेयर बजार सोमबार पनि उकालो लागेको छ । गत हप्ता तीव्र उतारचढाव आएको सेयर बजारले यो हप्ता विस्तारै लय लिने संकेत देखाएको छ ।
आइतबार २७ अंकले बढेको बजार सोमबार पनि पाँच अंकले वृद्धि भएको छ । यससँगै नेप्से सूचक २८७५ विन्दुमा उक्लिएको छ । सोमबार कारोबार रकम पनि करिब पौने आठ अर्ब पुगेको छ ।
सोमबार पाँचवटा उपसमूह हरियो भएपनि अधिकांश उपसमूह रातो भएका छन् । लघुवित्त समूह १११ अंकले बढ्दा होटल तथा पर्यटन २० अंकले बढेको छ । विकास बैंक सर्वाधिक ७० अंकले घट्यो भने जलविद्युत समूह (६५ अंक) र फाइनान्स समूह (५६ अंक) पनि घटेको छ ।
आज कारोबार भएकामध्ये सर्वाधिक मूल्य बढ्ने कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरु अघि देखिएका छन् । सबैभन्दा धेरै सेयर मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त नै रहेका छन् ।
जसमा सबैको लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य ८/८ प्रतिशतले बढ्दा सामुदायिक, मिथिला र आशा लघुवित्तको पनि ४/४ प्रतिशतसम्मले बढेको छ । अर्कोतर्फ, सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीमा भने फाइनान्स र जलविद्युत समूहका कम्पनी बराबर छन् ।
बेष्ट, रिलायन्स र आइसिएफसी फाइनान्सको सेयर मूल्य चारदेखि पाँच प्रतिशतले घट्दा राधि र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य पनि चार/चार प्रतिशतले नै घटेको छ ।
माथिल्लो तामाकोशीको सर्वाधिक रकम (करिब ६७ करोड रुपैयाँ) को सेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२/५२ करोड, एनआइसी एसियाको ५० करोड र सेन्चुरी कमर्सियल बैंकको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज २१९ कम्पनीको एक करोड ९२ लाख कित्ता धितोपत्र कारोबार भए । समग्रमा कुल सात अर्ब ७२ करोड रुपैयाँको धितोपत्र किनबेच हुँदा ८० कम्पनीका लगानीकर्ताहरुले मात्र कमाए । सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने बाँकी सबैको घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस