काठमाडौँ- सानिमा लाइफ इन्स्योरेन्समा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिनेको संख्याले नयाँ रेकर्ड राखेको छ । सानिमामा हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार अन्तिम दिनसम्ममा ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको जनाएको छ । यसअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लख ७२ हजार ८६८ जनाले आवेदन दिएका थिए ।
सानिमा लाइफको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ। यसमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट कुल ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन् । १८ लाख ७९ हजार १२७ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस