काठमाडौँ – साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । १८ दशमलव ६ अंकले बढेर आज नेप्से दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ५१ दशमलब सात विन्दुमा पुगेको थियो ।
आज ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । यस बैंकको ४३ करोड भन्दाबढीको कारोबार भएको छ । आज जीवन बिमा समूहको सूचकमा दुई अंकको सुधार भएको छ भने निर्जीवन बिमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको सुधार भएको छ । आज ओरालो लाग्ने समूहको सूचकमा होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा बेष्ट फाइनान्सका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य आठ दशमलव ६८ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेड कन्भर्टिवल प्रिफरेन्सका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य मानइनस पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस