काठमाडौं-साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीले २९ करोड १९ लाख पाँच हजार तीन सय १६ रुपैयाँको कारोबार गरेको छ ।
आज कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । हाइड्रोपावर, माइक्रो फाइनान्स र अन्य समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ भने विकास बैंक, फाइनान्स, निर्जीवन बिमा समूह र लगानी समूहको सूचकमा सुधार आएर हरियो देखिएका छन् । यस्तै बाँकी सबै समूहको सूचक राताम्मे भएको छ । राता देखिएका सूचकहरूमा शून्यदेखि एक दशमलव १५ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ ।
आज सर्वाधिक कमाउनेमा रिडि हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज सबैभन्दा धेरै गुमाउने लगानीकर्तामा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस