काठमाडौं-२०७९ को पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २९.६० अंक घटेर २३८५.६४ विन्दुमा बन्द भएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७९ अंक घटेको छ।
यस दिन नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि केही कमी आएको छ। गत बिहीबार १ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन २३३ स्टकको २९ हजार ४४ पटकको कारोबारमा १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको ३४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन बजार ओरालो लागेपनि नेष्डो समृद्ध लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २२६ रुपैयाँ २० पैसा बढेर २ हजार ४८८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयर नकारात्मक सर्किट लेृभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४० रुपैयाँ ५० पैसा घटेर ३६४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस