पोखरा- पोखरामा जारी पोखरा मिडिया कप अन्र्तगत पहिलो दिन ११ वटा खेल सकिएका छन् । कुल १३ टिमको सहभागिता रहेको खेल अन्तरगत पहिलो दिन मंगलबार नै सेमीफाइनल राउण्डसम्मका खेलहरु सकिएका हुन् ।
प्रतियोगिताको फाईनलमा आयोजक ‘जक्शन १६’ समूह ‘ए’ र समूह ‘बी’ पुगेका छन् । फाइनल खेल बुधबार दिउँसो १२ बजे गणेशटोलस्थित ‘स्पोर्ट्स् क्यासल’मा हुने आयोजकले जनाएको छ । त्यो भन्दा अगाडि पोखराका महिला पत्रकार र महिला ‘सेलिब्रिटी’हरुबीच हुने आयोजकले बताएको छ ।
मंगलबार भएको पोखरा मिडिया कपको उद्घाटन प्रदेश सांसद बिन्दुकुमार थापाले गरेका थिए । उद्घाटनसँगै उनले मिडियाकर्मीहरुबीचको भाइचारा बढाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘यो प्रतियोगिताले आपसमा आत्मियता बढाउनुसँगै मिडियाकर्मीहरुलाई स्वस्थ रहन पनि सिकाओस् । र, यस्तो खालको प्रतियोगिताले सँधै निरन्तरता पाओस् ।’ थापाले भने ।
त्यस्तै उद्घाटन समारोहमा नेपाली फुटबल टिमका पुर्वकप्तान अनिल गुरुङको पनि विशेष उपस्थिती रहेको थियो । ‘पत्रकारिता गरिरहेकाहरुले पनि खेलप्रति देखाएको यो खालको लगाव अनुकरणीय लाग्यो । र, यो प्रतियोगिताले पत्रकारितासँगै खेलकुदको पनि विकासमा योगदान दिने मैले ठानेको छु ।’ उनले भने ।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रतियोगिताका खेलहरुमार्फत पत्रकारिताको आत्मियता र एकता प्रदर्शन गर्न सहभागीहरुलाई आग्रह गरे । ‘यो निकै गज्जबको अवसर पनि हो । र, यसमा रमाईलोसँगै हामीबीचको आत्मियता पनि देखियोस् ।’ उनले भने । खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एकराज गिरीले प्रतियोगिताको सफलताको कामना गर्दै सम्पूर्ण सहभागीहरुलाई शुभकामना दिए ।
मंगलबार पहिलो दिन भएको पहिलो म्याच जक्शन १६ समूह ‘ए’ र एसटी क्रियशनबीच भएको खेलमा जक्शनले ४–० गोल अन्तरले विजय निकाल्यो । त्यस्तै गन्थन ‘ए’ र कान्तिपुरबीच दोस्रो खेल हुने भएपनि कान्तिपुरको अनुपस्थितीमा गन्थन ‘ए’लाई विजयी घोषणा गरिएको थियो ।
प्रतियोगिताको तेस्रो खेल पोखरा टिभी र ‘टिम ओके’ बीच भएको थियो । सो खेलमा पोखरा टिभीले ५–१ को अन्तरले नतिजा आफ्नो पोल्टामा पा¥यो । जक्शन १६ ‘बी’ र फेवा टिभीबीच चौथो खेल भएकोमा २–० गोलअन्तरले जक्शन १६ विजेता बन्यो । पाँचौ खेलअन्तरगत भोग स्टुडियो र गन्थन ‘बी’ आमनेसामने भएका थिए । सो खेलमा भोग स्टुडियोले ५–० गोल अन्तरले जित निकाल्यो ।
क्वार्टरफाइनल राउण्ड अन्तरगत भएको पहिलो खेलमा जक्शन ‘ए’ले ‘राजधानी अन्नपूर्णपोष्ट दैनिक’लाई १०–० को फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा तय ग¥यो । सातौँ चरणमा भिडेका गन्थन ‘ए’ र बिग एफएम ‘ए’बीच भएको खेलमा गन्थनले आफ्नो पक्षमा जित निकाल्यो । यो खेलमा गन्थनले ४–० गोल अन्तरले जितेको थियो ।
यसगरि प्रतियोगिता अन्तरगतको आठौँ खेल जक्शन ‘बी’ र बिग एफएम ‘बी’ बीच भएको थियो । सो खेलमा जक्शनले ११–० को फराकिलो गोल अन्तरले जित निकाल्यो । नवौँ चरणको भोग स्टुडियो र पोखरा टिभीबीच भएको खेल गोलरहित बराबरी भएपश्चात भएको टाइ ब्रेकर अन्तरगत पोखरा टिभीले जित निकाल्यो ।
र, दशौँ चरणको खेल पनि बराबरीमा सकियो । जक्शन ‘बी’ र गन्थन ‘ए’ बीच यो खेलमा जक्शनले बाजि मा¥यो । सेमिफाइनल अन्तरगतको अन्तिम खेल पोखरा टिभी र जक्शन ‘ए’ बीच भएकोमा जक्शनले ८–० को फराकिलो अन्तरले जित निकाल्यो ।
‘बिग एफएम’को प्रस्तुतीमा भएको प्रतियोगितामा ‘एशियन कंक्रिटो’ र ‘इम्पायर एजुकेशन एण्ड भिसा सर्भिसेज्’ले पावर्ड बाइ टाइटलमा सहकार्य गरेका छन् । त्यस्तै प्रतियोगिताको ब्रट टु यु बाइ टाइटलमा किंग्स इन्स्टिच्यूट, कोइला लाउञ्ज र म्याट्रिक्स एरेना रहेका छन् ।
प्रतियोगिताको विशेष सहयोगीमा चलचित्र पत्रकार संघ कास्की र पोखरा महानगरपालिका रहेका छन् । प्रतियोगिताको रेस्टुरेन्ट पार्टनरमा बियाँ रेस्टुरेन्ट, होटल पार्टनरमा होटल टास्क, हस्पिटल पार्टनरमा पोखरा मेडिकल कलेज, टेलिभिजन पार्टनरमा पोखरा टिभी रहेका छन् ।
त्यस्तै मिडटाउन सिनेमाज्, मुगलान रेस्टुरेन्ट एण्ड बार, इम्प्याक्ट एजुकेशनल सर्भिसेज्, निशान, ओम एब्रोड कन्सल्टेन्सी, डण्डि बियो रेस्टुरेन्ट, प्याराडिसो र स्कुल अफ बार टेन्डर्सले प्रतियोगितालाई प्रायोजन गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस