पोखरा- ‘पोखरा मिडिया कप’ को उपाधि आयोजक ‘जक्शन १६’ ‘ए’ ले जितेको छ ।
बिग एफएमको प्रस्तुतिमा भएको पहिलो संस्करणको खेलको फाइनल राउण्डमा आयोजक ‘जक्शन १६’को तर्फबाट खेलेका ‘ए’ र ‘बी’ समूहमध्ये समूह ‘ए’ बिजेता बन्यो ।
खेल अवधीभर दुवै पक्षबाट १–१ गोल भएको थियो । बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकरले गरेको थियो । टाइब्रेकरको क्रममा ‘जक्शन १६’को समूह ‘ए’का गोलकिपरले गौसब गुरुङले उत्कृष्ट बचाऊ गर्दै आफ्नो समूहलाई जिताएका थिए ।
पहिलो सँस्करणको पोखरा मिडिया कपको विजेता बनेसँगै आयोजक जक्शन १६ ‘ए’ले नगद ३५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेता बन्दै जक्शन १६ ‘बी’ले २० हजार रुपैयाँ नगदसँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलाडीहरुलाई साझा पार्टीका गण्डकी संयोजक महेश भण्डारी, नेपाली फुटबल टिमका पुर्वकप्तान अनिल गुरुङ र म्याट्रिक्स एरेनाका संचालक अमनविक्रम थापाले पुरस्कार प्रदान गरेका थिए ।
त्यो भन्दा अगाडि प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद बिन्दुकुमार थापाले सबै सहभागीलाई धन्यबाद ज्ञापन गरे । साथै उनले यो प्रतियोगिताले पुरै पत्रकारिता जगत नै फुटसलको माध्यमबाट खेलप्रति आकर्षित भएको महशुस गरेको बताए ।
‘यो खेलकुद र पत्रकारिता क्षेत्रकै लागि राम्रो सन्देश हो । र, व्यक्तिगत रुपमा पनि हरेक सहभागीलाई यो खेलकुद प्रतियोगिताले राम्रो गर्ने निश्चित नै छ ।’ सांसद थापाले भने–‘आपसमा भाइचारा बढाउनुसँगै स्वास्थ्यप्रति सचेतना पनि जगाउने यस्ता खाले प्रतियोगिताहरुले निरन्तरता पाउनुपर्छ ।’
प्रतियोगितामा सुशान्त गाहामगर उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै विजय नेपालीले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरे । प्रतियोगिता अवधीभर सबैभन्दा धेरै गोल गर्दै निकोलस गुरुङले ‘हाइ स्कोरर’को उपाधी प्राप्त गरे । प्रतियोगिताभर सबैभन्दा अनुशासित खेल खेलेको भन्दै ‘भोग स्टुडियो’ पुरस्कृत भएको थियो ।
यसैबीच आयोजक जक्शन डटकम र सिक्स्टिन प्रोडक्शनले खेल अवधीभर साथ दिने सम्पूर्ण सहभागीहरुसँगै सम्बन्धिन संघसंस्था र प्रायोजकहरुलाई विशेष धन्यबाद दिएको छ । ‘सबै मिडियाकर्मी साथीहरु र सहयोगी संघसंस्थाहरुले साथ दिएकै कारण हामीले सफल रुपमा पहिलो सँस्करणको पोखरा मिडिया कप सम्पन्न गर्न सक्यौँ । र, प्रत्यक्ष(अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ।’ प्रतियोगिताका सँयोजक अरुण गिरीले भने ।
‘बिग एफएम’को प्रस्तुतीमा भएको प्रतियोगितामा ‘एशियन कंक्रिटो’ र ‘इम्पायर एजुकेशन एण्ड भिसा सर्भिसेज्’ले पावर्ड बाइ टाइटलमा सहकार्य गरेका थिए । त्यस्तै प्रतियोगिताको ब्रट टु यु बाइ टाइटलमा किंग्स इन्स्टिच्यूट, कोइला लाउञ्ज र म्याट्रिक्स एरेना रहेका थिए ।
प्रतियोगिताको विशेष सहयोगीमा चलचित्र पत्रकार संघ कास्की र पोखरा महानगरपालिका रहेका थिए । प्रतियोगिताको रेस्टुरेन्ट पार्टनरमा बियाँ रेस्टुरेन्ट, होटल पार्टनरमा होटल टास्क, हस्पिटल पार्टनरमा पोखरा मेडिकल कलेज, टेलिभिजन पार्टनरमा पोखरा टिभी रहेका थिए ।
त्यस्तै मिडटाउन सिनेमाज्, मुगलान रेस्टुरेन्ट एण्ड बार, इम्प्याक्ट एजुकेशनल सर्भिसेज्, निशान, ओम एब्रोड कन्सल्टेन्सी, डण्डि बियो रेस्टुरेन्ट, प्याराडिसो र स्कुल अफ बार टेन्डर्सले प्रतियोगितालाई प्रायोजन गरेका थिए ।
घ ब्ततबअजmभलतक
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस