काठमाडाैं-भारत भ्रमणमा रहेको पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले हराएको हो।
बैंगलोरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको सामान्य योगफल बनाएको थियो। भारतका लागि शिखर धवनले ३६ तथा ऋषब पन्त र रविन्द्र जडेजाले १९/१९ रन जोडे। हार्दिक पान्डया १४,रोहित शर्मा र कप्तान बिराट कोलही समान ९/९ रङ जोडे भने श्रेयस एय्यर ५, क्रुनाल पान्डया र वाशिन्टोन सुन्दरले समान ४/४ रङ बनाए। भारतलाई कम योगफलमा समेट्न दक्षिण अफ्रिकाका कागीसो रबाडाले ३ विकेट लिए। यस्तै ब्युरन हेनड्रिक्स र बिजोर्ण र्फोर्टुनले समान २/२ विकेट लिए। टाबरिज शास्मीले १ विकेट हात पारे।
भारतले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर १९ बल अगावै लक्ष्य पुरा गर्यो। दक्षिण अफ्रिकाको जितमा कप्तान क्विन्टन डी ककले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै ओपनर रेजा हेनड्रिक्सले २८ बनाएर आउट भए भने तथा तेम्बा बाभुमाले अविजित २७ रन जोडे। भारतका हार्दिक पाण्डयले एक विकेट लिए।
यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो। दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो।
भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले तीन खेल टेष्ट र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस