कास्की-पोखराको सभागृहमा आउदो शनिबार (११ गते) आयोजना हुने ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप-२०१९ को सम्पूर्ण तयारी पूरा भएको छ।
गोर्खा क्लासिक नेपालले आयोजना गर्ने पहिलो संस्करणको ‘वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले जानकारी दिए।
उनका अनुसार दिउँसो दिनको १:०० बजे देखी कार्यक्रम सुरु हुनेछ। शारीरिक सुगठन खेल प्रति महिलाहरुलाई प्रबेश गराउन र व्यवसायिक बनाउने लक्ष्य सहित च्याम्पियनसिपको आयोजना गरेको बताए। उनले बिकनी र फिजिक गरी दुई बिद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताए।
उनका अनुसार फिजिक तर्फको बिजेताले नगद रु २ लाख प्राप्त गर्नेछ भने उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार हात पार्नेछन।
त्यस्तै बिकिनी तर्फको बिजेता खेलाडीलाई ८० हजार प्रदान गरिने गुरुङले बताए। उनका अनुसार उपबिजेता खेलाडीलाई ६० हजार र सान्त्वना बन्न सफल खेलाडीलाई ५० हजार प्रदान गरिनेछ।
उक्त प्रतियोगितामा एउटा खेलाडीले एक बिद्यामा मात्र भाग लिन पाउने बताउदै उपाधिका लागि तिन चरण पार गर्नुपर्ने उनले बताए।
गोर्खा क्लासिक नेपालका सचिब भरत गुरुङले प्रतियोगितामा खेलाडीहरुको उचाईको आधारमा सहभागि गराईने बताए।
गुरुङले देशभरबाट अहिलेसम्म १५ बढि खेलाडीले नाम दर्ता गरिसकेको बताए। कार्यक्रममा आईएफबीबी प्रो बिनिता राईको बिशेष प्रस्तुति रहने र जुम्बा तथा टिकटक शो समेत समाबेश गरिएको आयोजकले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस