काठमाण्डौ-इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रालाई निरन्तरता दिएको छ। लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २-० को सहज जित पारेको छ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा पहिलो हाफको चौथो मिनेटमा नै मोहम्मद सलाहको गोलबाट घरेलु टोलीले खेलमा१-० को अग्रता लिएको थियो। दोस्रो हाफको ६४ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुलाई २-० को सहज जित दिलाए।
प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले २० खेल खेल्दा अपराजित रहन सफल रहेको छ। लिभरपुलले १९ जित र १ बराबरीको नजिता निकालेको छ। प्रिमियर लिगमा लिभरपुल लिगको नवौं चरणमा म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ। उसले लिगमा दोस्रो स्थानको लेस्टर भन्दा १३ अंकको अग्रता लिएको छ। दोस्रो स्थानको लेस्टरको ४५ अंक छ। तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ। हारपछी सेफिल्ड युनाइटेड २९ अंक सहित तालिकाको आठौं स्थानमा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस