काठमाण्डौ-स्पेनिस ला लिगाको २० औ चरणमा रियल म्याड्रिडले सेभिल्लालाई पराजित गरेको छ भने एथलेटिको म्याड्रिड एइबारसंग पराजित भएको छ।
रियल मड्रिड बिरुद्ध सेभिल्ला
रियल मड्रिडले सेभिल्लालाई २-१ गोलले पराजित गरेको छ। घरेलु मैदानमा रियलको जितमा कासिमिरो नायक बने। उनले दुइ गोल गरे। सेभिल्लाका लुक डी जोङले एक गोल फर्काए।
रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले ५७ औं मिनेटमा कासिमिरोको गोलबाट अग्रता बनाएको थियो। ६४ औं मिनेटमा जोङले गोल गर्दै सेभियालाई १-१ को बराबरीमा ल्याएका थिए। तर, खेलको ६९ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा रियलले खेल २–१ जितेको हो।
जितसँगै शीर्ष स्थानको रियलले २० खेलबाट ४३ अंक जोडेको छ। रियलले दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पारेको छ। बार्सिलोनाको १९ खेलमा ४० अंक रहेको छ। सेभिया २० खेलमा ३५ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
एईबारविरुद्ध एथलेटिको म्याड्रिड
ला लिगाको तेस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिड रेलिगेशन जोन नजिकै रहेको ए ईबरसंग २-० ले पराजित भएको छ। एईबरले घरेलु मैदानमा पहिलो र दोस्रो हाफमा गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारेको हो। यस नतिजाले उपाधि होडमा रहेको एथलेटिकोलाई धक्का लागेको छ।
पहिलो हाफको दशौं मिनेटमा एस्टेबन बर्गोसले गोल गर्दै ईबरलाई १-० को अग्रता दिलाएका थिए। खेलको अन्तिम समयमा एडु एक्सपोजिटोले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए।
पछिल्लो हारले एथलेटिको म्याड्रिडले शीर्ष स्थानको रियल मड्रिड र बार्सिलोनासंग अंक दुरी घटाउने मौका गुमाएको छ। एथलेटिको म्याड्रिडको २० खेलबाट ३५ अंक भएको छ। एईबर २२ अंक सहित तालिकाको १६ औं स्थानमा छ।
अन्य नतिजाहरु
ओसासुना ०-० भालाडोडीड
गेटाफे ३-० लेगानेस
लेभान्टे १-० डिर्पाेटिभो अलाभेस
२० औ चरणका अन्य खेलहरु
बार्सिलोना बिरुद्ध ग्रानाडा
मालोर्का बिरुद्द भ्यालेन्सिया
रियल बेटिस बिरुद्ध रियल सोसिडाड
भिल्लारियल बिरुद्ध इस्प्यानियोल
एथलेटिको क्लब बिल्बाओ बिरुद्द सेल्टा डी भिगो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस