काठमाडौँ-सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले तथा न्यू डायमण्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमै पराजित गरेको हो ।
एपीएफले पुलिस क्लबलाई २५–१५,२५–१६ र २५–२२ अङ्कले हराएको हो । यस्तै न्यू डायमण्डले आर्मी क्लबलाई २५–१५, २५–२२ र २५–१३ अङ्कले पराजित गरेको हो । महिला भलिबलको फाइनल खेल शुक्रबार हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । महिला भलिबलतर्फ तेस्रो स्थानका लागि आर्मी र पुलिसबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस